आज थपिए ८२ जना संक्रमित, कुल संख्या ८ हजार ५८९ पुग्यो

काठमाडौं । आइबार ८२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ८२ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १६ हजार ८०१ जना पुगेको छ ।

पछिल्लो पटक आइतबार ८२ जना संक्रमित थपिएका हुन् । यसैगरी आठ हजार ५८९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । आज १४७ जना निको भएर घर फर्कीएको डा.गौतमले बताए । यही संक्रमित मध्येबाट ३८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया