चारजना कलाकारको संयुक्त आवाजमा ‘निस्की मेरो घरदेखि’ सार्वजनिक

काठमाडौं । चारजना कलाकारको संयुक्त आवाजमा नजिकिँदै गरेको महिलाहरुका लागि विशेष मानिँदै आएको तीजको छेको पारेर फरक धारमा तयार गरिएको ‘निस्की मेरो घरदेखि’ नामक गीतको भिडियो सार्वजनिक भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष समेत रहेका गायक चन्द्र शर्मा, अर्का गायक एवं सर्जक खेम सेन्चुरी साथै, गायिका मैना रेश्मि मगर र सुनीतामी परियारको अवाजमा उक्त गीतको भिडियो बजारमा आएको हो ।

तीजको समय भएकाले यतिबेला धेरै कलाकारहरुले विभिन्न गीत ल्याएका छन् । सोही समयको विषयगत देशमा महिलाहरुमाथि हुने गरेका घरेलु हिंसा तथा विभिन्न भेदभावका गतिविधिलाई शब्दमा समावेश गरेर समाजमा सचेतनामूलक शन्देस दिने खालकाे मौलिक गीतको भिडियो सार्वजनिक गरेको गायक शर्माले जानकारी दिए ।

गीतमा नेत्र अर्यालले शब्द रहेको उक्त गीतमा गायक सेन्चुरीको संगीत रहेको छ । त्यसैगरी, मैना रेश्मि मगर र खेम सेञ्चुरी लगायत कलाकारहरुको गीतको भिडियोमा अभिनय रहेको छ । निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार भएको भिडियो सुरेश श्रेष्ठको छायांकन तथा विष्णु शर्माले सम्पादन गरेका हुन् । गायिका मैना रेश्मि मगरको युट्यूब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया