रुकुमपश्चिममा पहिरोले पुरिएर आमाछोराको मृत्यु

काठमाडौं । रुकुमपश्चिम आठबिसकोट नगरपालिकामा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ। पहिरोका परी एकजना घाइते भएका छन् ।

शुक्रबार बिहान आएको पहिरोले आठबिसकोट–३ स्थित रेजेखोलाका तुलबहादुर दमाईको घर पुरेको हो। घरमा पुरिँदा तुलबहादुरकी श्रीमती २८ वर्षीया सीता र ६ वर्षीय छोरा हाविलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

पहिरोमा परी पुरीएको अवस्थामा दुईजनाको शव घरभित्रबाट निकालिएको प्रहरीले जनाएको छ । घरमै पुरिएकी आठ वर्षीया हिरालाई भने घाइते अवस्था उद्धारगरिएको छ। तुलबहादुर भने घर बाहिर रहेका कारण पहिरोबाट जोगिएका छन्।

प्रतिक्रिया