सार्वजनिक सवारीसाधन चलाउन दिने सरकारको निर्णय

काठमाडौं । सरकारले सम्बन्धित जिल्लाभित्र चल्न पाउने गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विगतदेखि लगाइएको लकडाउनका कारण थन्कीएर बसेका यात्रुवाहक सार्वजनिक सवारीसाधन चलनउन दिने निर्णय गरेको छ ।

आज बसेकाे मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले स्वास्थ्य मापदण्ड पूरा गरेर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार अहिलेको लागि अरु जिल्ला सवारी साधन चलाउन नपाइने बताइएको छ । तर, काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा भने सवारीसाधन एकअर्को जिल्लामा जान पाउने डा. खतिवडाले बताए ।

उनले भोलिदेखि सार्वजनिक यातायात चलाउन सकिनेसमेत जानकारी दिए । निजी सवारी साधन मोटरसाइकलसमेत जोर–बिजोर प्रणालीमा चलाउन सकिने डा. खतिवडाले बताए ।

काठमाडौं उपत्यका र सम्बन्धित जिल्लामा ट्याक्सी सञ्चालन गर्न दिने निर्णय पनि भएको उनले बताए । सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने र चालकले पन्जासहित मास्क पनि लगाउनु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया