रमाइलो चित्रकथा ‘के पो गर्ने खै ?’

                       देवांशी काफ्ले

मलाई कथा र कविता पढ्न तथा चित्र बनाउन मनपर्छ । कोरोना भाइरसका कारण लगाइएको लकडाउनका बेला मैले घरमा केही कथा तथा कविताका किताव पढ्ने अवसर पाएँ । मैले पढेको पछिल्लो किताव कथाकार निर्मला चापागाईंले लेख्नुभएको चित्रकथा ‘के पो गर्ने खै ?’ हो । यो अत्यन्तै रमाइलो चित्रकथा रहेछ । यस चित्रकथामा कार्टुनिस्ट अविन श्रेष्ठले जीवन्त चित्र बनाएर कथालाई आकर्षक रुपमा प्रस्तुत गर्नुभएको छ । कथामा चित्र निकै आकर्षक रुपमा बनाइएको छ ।

कथालाई बुझ्न रंगीन चित्रले निकै सजिलो बनाएको छ । सानी नानीको चित्रलाई चित्रकार श्रेष्ठले निकै राम्रो पाराले प्रस्तुत गर्नुभएको छ । कथाजस्तै चित्र पनि मलाई निकै मनप¥यो । सचित्र किताब प्रालि थापागाउँ, काठमाडौंले प्रकाशन गरेको यस कथामा एकजना सानी नानी एक्लै विभिन्न चीजसँग खेल्न खोजेकी छन् । उनलाई घरी केरा टिप्न मन लागेको कुरा कथामा छ भने घरी फूल टिप्न त घरी पुतलीसँग उड्न मन लागेको रमाइलो कुरा कथामा आएको छ ।

उनले पुतलीसँग खेल्न खोजेकी छन् तर उड्ने कसरी ? त्यस्तै, सानी नानी घरी हिमाल चढ्ने कुरा सोचेकी छन् त घरी बादलसँग उड्ने कल्पना गरेकी छन् । उनी यो कसरी गर्ने भनेर दोधारमा परेकी छन् । कथामा निकै रमाइलो पाराले सानी नानीले चन्द्रमामा झुण्डिएर खेल्ने कुरा सोचेकी छन् । मलाई सानी नानीले जस्तै खेल्न मन लाग्छ तर यी सबै कुरा सम्भव हुँदैन ।

कथामा जसरी सानी नानीले असम्भव कुरा चित्र बनाएर पूरा गरिन् त्यो निकै रमाइलो छ । कथामा उनले बादलसँग उड्ने, चन्द्रमा पुग्ने आदि सोचेकी छन् । तर यी काम त्यत्ति सम्भव हुने नदेखेपछि उनले सबै चिजलाई चित्र बनाएर ती स्थानमा पुगेको अनुभव गरेकी छन् । हामीले सोचेका कति कुरा पूरा गर्न सकिदैन तर चित्र बनाएर भए पनि ती कुरा पूरा गर्न सकिन्छ ।

यो कथा पढेपछि मलाई धेरै महत्वकांछीभन्दा पनि हामीसँग जे छ त्यही चीजमा रमाउन सक्नुपर्छ भन्ने कुरा थाहा पाएँ । कथामा भनेजस्तै हामी पुग्न नसक्ने ठाउँको चित्र बनाएर पनि पुग्न सकिन्छ र तिनको महत्वसँगै आनन्द लिन सक्ने रहेछौं भन्ने बोध भयो । – एम्बिसन एकेडेमी, कक्षा ४, बानेश्वर, काठमाडौं ।

प्रतिक्रिया