कोरोनाले ५ लाख १३ हजार बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभरमा मृत्यु हुनेका ५ लाख १३ हजार १ सय १४ पुगेको छ पुगेको छ। मंगलबार मात्रै विश्वभर १ लाख ७० हजार ९ सय ६ जना नयाँ संक्रमित थपिँका छन् भने ५ हजार २९ जनाको मृत्यु भएको छ।

यस्तै ब्राजिलमा एकैदिन १२ सय ७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने झण्डै ३८ हजार नयाँ संक्रमित थपिएका छन्। त्यहाँ हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजार ६ सय ६५ जनाको मृत्यु भइसकेको छ।

यसैगरी कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा एकैदिन ४२ हजार २ सय ५० जना नयाँ संक्रमित थपिँदा ७ सय ४८ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ हालसम्म २७ लाख २७ हजार बढी संक्रमित फेला पर्दा हालसम्म मृत्यु हुनेको संख्या १ लाख ३० हजार १ सय ६ पुगेको छ।

छिमेकी मुलुक भारतमा मंगलबार ५ सय ६ जनाको मृत्यु भएको छ भने १८ हजार २ सय ५६ जना नयाँ संक्रमित भेटिएका छन्। भारतमा कोरोना संक्रमणबाट हालसम्म १७ हजार ४ सय १० जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या ५ लाख ८५ हजार ७ सय ९२ पुगेको छ।

यसैगरी मेक्सिकोमा थप ४ सय ७३, पेरुमा १ सय ७३, रुसमा १ सय ५४, इरानमा १ सय ४७, पाकिस्तानमा १ सय ३७ तथा साउथ अफ्रिकामा १ सय २८ कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया