अज्ञात समूहद्वारा वडाध्यक्षमाथि कुटपिट

काठमाडौं । दाङको शान्तिनगर गाउँपालिका– २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले वडाध्यक्ष डाँगीमाथि कुटपिट भएको र घटनास्थलमै विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाको पर्चा भेटिएको जनाएको छ ।

अनुहार छोपेर आएका चार जनाको समूहले कार्यालयभित्र प्रवेश गरेर अध्यक्षमाथि कुटपिट गरेको प्रहरीको भनाइ छ । कुटपिटबाट घाइते भएका वडाध्यक्षलाई उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले कुटपिटमा संलग्न समूहको खोजी भइरहेको छ ।

प्रतिक्रिया