गण्डकीमा थपिए १७ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लामा १७ संक्रमित थपिएका हुन् ।

संक्रमित थपिने जिल्लामा तनहुँ, स्याङ्जा, लमजुङ र कास्की रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीमध्ये केही साउदी, कुवेत र दुबईबाट आएका पनि छन् ।

मंगलबार कोरोना संक्रमित पुष्टि हुनेमा ८ जना कास्कीका छन् । जसमध्ये ६ जना पोखरा महानगरका ३० देखि ५३ वर्ष उमेर समूहका पुरुषहरु छन् । एकजना मादी गाउँपालिकाका ४२ वर्षीय पुरुष छन् ।

प्रतिक्रिया