नीतु ‘मिसेज इन्डियाको निर्णायक

काठमाडौं । नेपाली अभिनेत्री नीतु कोइराला ‘मिसेज इन्डिया–२०२०’ को निर्णायक भएकी छन् । उनी भारतमा सञ्चालन भइरहेको सो प्रतियोगितामा निर्णायक मण्डलमा रहने अवसर पाएकी हुन् ।

मोडल, डान्सर तथा सौन्दर्य व्यवसायीसमेत रहेकी कोइरालाले पिस अफ इन्डियाले आयोजना गरेको प्रतियोगितामा अन्तर्राष्ट्रिय अवसर प्राप्त गरेकी हुन् ।

कोरोना भाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट सञ्चालित प्रतियोगितामा उनी निर्णायक मण्डलमा सहभागी भएकी हुन् । उनी आयोजक संस्थामा नेपालका तर्फबाट ब्रान्ड एम्बेसडरका रूपमा कार्यरत् छन् ।

कोइरालाले पिन्क रोजेज इन्टरटेनमेन्टद्वारा सञ्चालित मिस्टर, मिस एन्ड मिसेज इन्डियामा पनि गेस्ट अफ अनरको भूमिका निर्वाह गरिसकेकी छन् । उनले केही समयअघि भारतका विभिन्न संस्थाले संयुक्त रूपमा आयोजना गरेको ‘कोरोना वारिअर्स अवार्ड’ बाट सम्मानित भएकी थिइन् ।

प्रतिक्रिया