खोजखबर

एसईईको नतिजा प्रकाशन कार्यविधि जारी

सौर्य अनलाइन २०७७ असार १० गते ७:४६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ जारी गरेको छ।

कोरोना भाइरस महामारीका कारण स्थगित भएको परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकनलाई आधार बनाई नतिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको बताएको छ ।

विद्यार्थीको अन्तिम मूल्यांकनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन नगरेसम्म गोप्य राख्नुपर्ने कार्यविधिमा उल्लेख छ। यसरी मूल्यांकन गर्दा संवत् २०७६ को कूल पूर्णांकको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अंकभार दिइ ग्रेड निर्धारण गर्नुपर्नेछ।

कार्यविधिमा स्थानीय तहको सहजीकरणमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयका त्यस्ता मूल्यांकन विवरणलाई संकलन गरी सक्कल प्रति परीक्षा नियन्त्रण कार्यालयलाई पठाउन भनिएको छ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय