गजल ‘बोली मीठो’

             गणेश प्रसाद पौडेल ‘बहुरुपी’

बोली मीठो र मायालु छ
आहा ! ती ओठमा क्या जादु छ ।

न दिन जान्यो न लिन जान्यो
मरेर आखिर के लानु छ ।

जिन्दगीको यही एउटा उपलब्धि
काम्लोमा पोखेको सातु छ ।

चुनौती दियो चम्चाले के गर्नु
आफ्नो हातमा पन्युँ डाडु छ ।

सोध्दा लाग्नसक्छ हजुरलाई
बहुरुपी पनि जिज्ञासु छ ।

प्रतिक्रिया