आज थपिए ४२५ जना कोरोना संक्रमित

काठमाडौं । आईतबार थप ४२५ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ४२५ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ५७६० जना पुगेको छ । पछिल्लो पटक आईतबार ४२५ जना संक्रमित थपिएका हुन् । यसैगरी, ९७४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । साथै, यही संक्रमित मध्येबाट १९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया