गजल ‘कालो बिरालो’

            गणेश प्रसाद पौडेल ‘बहुरुपी’

कालो बिरालोलाई कालो भन्न हुन्न
बाघ भनिदिन पर्ने बिरालो भन्न हुन्न ।

फाल्यो जिन्दगी चापलुसी गरिगरी
त्यस्तो मान्छेलाई गोठालो भन्न हुन्न ।

अगाडि जो छ उसैको भक्ति भजन गाऔं
अव यसपछि मेरो पालो भन्न हुन्न ।

जे दिन्छन् मालिकहरुले सहर्ष स्विकारौं
काँचोकचिलो नमीठो बयालो भन्न हुन्न ।

बन्न सकिएन कसै प्रजाबाट नागरिक
यो मानस्पटलमा लागेको तुवाँलो भन्न हुन्न ।

प्रतिक्रिया