सर्लाहीमा संक्रमीत संख्या १४९ पुग्यो

सर्लाही । बिहीबार आएको पिसिआर रिपोर्ट अनुसार सर्लाहीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी गराएका छन् ।

आज थपिएका तीनै जना सर्लाहीको धनकौल गाउँपालिकाका रहेको प्रजिअ जिसिले बताए । पुष्टि भएका संक्रमितहरु रोजगारीको सिलसिलामा छिमेकी मुलुक भारतमा बस्दै आएको र केही दिन अगाडि भारतबाट उनीहरु नेपाल आएका थिए ।

उनका अनुसार उनीहरु आउनासाथ घरमा प्रवेश गर्न नदिइएको र पालिकाको क्वारेन्टाइनमै राखिएको थियो । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यससँगै सर्लाहीमा कोरोना भाइरसको संक्रमितको संख्या १४९ पुगेको छ । यसअघि सर्लाहीमा १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया