खोजखबर

तेह्रथुममा दुई जनामा देखियो कोरोना

सौर्य अनलाइन २०७७ जेठ २२ गते ८:५२ मा प्रकाशित

तेह्रथुम । जिल्लाको आठराइ गाउँपालिकाका–२ जनामा बुधबार कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ।

आठराई गाउँपालिका–४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्पमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा कोरोना भाइरस पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए।

उनीहरुसहित अन्य १९ जनाको गत जेठ १६ गते स्वाब संकलन गरी विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा परीक्षणका लागि पठाइएको थियो। अन्यको टिपोर्ट आउन बाँकी रहेको प्रजिअ न्यौपानेले जानकारी दिए।

कोरोना पोजेटिभ देखिएकी युवती गत जेठ १३ गते भारतबाट कपिलवस्तु नाका हुँदै तेह्रथुम आएकी हुन्। उनी ६ महिनाको गर्भवती रहेको प्रशासनले जनाएको छ।
अर्का संक्रमित सशस्त्र प्रहरी जवान भने गत दुई महिनादेखि क्याम्पमै रहेको प्रजिअ न्यौपानले जानकारी दिए।

संक्रमित दुवै जनालाई आठराइ गाउँपालिकाले तयार गरेको आइसोलेसनमा राखिएको छ। दुवैलाई बिहीबार धरानस्थित कोरोना अस्पतालमा उपचारका लागि पठाइने प्रशासनले जनाएको छ।

पहिलोपटक कोरोना भाइरस संक्रमित देखिएपछि जिल्लामा उच्च स्वास्थ्य सुरक्षा अपनाइएको प्रजिअ न्यौपानेले बताए।

प्रतिक्रिया