कोरोनाले लियो तीन लाख ८० हजार बढीको ज्यान

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वमा मृत्यु हुनेको संख्या ३ लाख ८० हजार नाघिसकेको छ ।

यस्तै महामारीका रुपमा विश्वभर फैलिएको कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ५१६ संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैभन्दा धेरै ब्राजिलमा १ हजार २३२ जना छन् भने सोही अवधीमा अमेरिकामा १ हजार १३२ जनाको मृत्यु भएको छ । बेलायतमा ३२४ जनाको मृत्यु भएको छ ।

यस्तै छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २२१, रुसमा १८२, मेक्सिकोमो २३७, फ्रान्समा १०७, इटलीमा २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया