बस्तीको बिचमा आइसोलेसन कक्ष, स्थानीय त्रसित

कालिकोट । कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि कालिकोटमा आइसोलेसन कक्षको अभाव भएको छ । अभाव भएपछि एकिकृत भवनमा आइसोलेसन कक्ष निर्माण गरिएका छन् । वरिपरी वस्तीहरुले भरिएको एकिकृत भवनमा कोरोना संक्रमित राख्दा स्थानीय त्रसित भएका छन् ।

कोरोनाको कहर दिनप्रतिदिन बढ्दै गएपछि कालिकोटमा ठूलो त्रास फैलिएको छ । एकिकृत भवनमा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले ५० बेडको आइसोलेसन कक्ष निर्माण गर्न लागेको हो । तत्काल १९ जना संक्रमितको उपचारका लागि सामान्य रुपमा बेड तयार गरेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले बताए ।

उनले आइसोलेन कक्ष निर्माण हुँदैमा स्थानिय क्रसित हुन नपर्ने बताए बिरामीहरु अहिले सामान्य अवस्थामा भएकाले नागरिकलाई कुनै त्रास नमान्न उनको अनुरोध छ । महतका अनुसार डाक्टर राजकमल कार्कीसहित ६ जनाको टोली संक्रमितको उपचारमा खटिएका छन् । दिनमा दुई पटक बिरामीको स्वास्थ्य परीक्षण भइरहेको छ ।

यद्यपि बिरामीलाई ज्वरो आएमा या सास फेर्न गाह्रो भएमा तथाा कोरोनाको कुनै लक्षण देखिएमा तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि पठाउने बताए । अहिले कालिकोटमा बनेको आइसोलेसन कक्षमा जिल्लाको शुभकालिका गाउँपालिकाका १४ जना, महावै गाउँपालिकाका ४ जना र १ जना बाजुराका गरी १९ जना उपचाररत छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया