हाइस दुर्घटनामा ११ जनाको मृत्यु, २२ घाइते

काठमाडौं । भारतबाट घर फर्किएका मानिसहरुलाई लिएर नेपालगञ्जबाट सल्यान आउँदै गरेको हाइस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके सडक खण्डमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस दुर्घटना हुँदा ११ जनाको मृत्यु र २२ जना घाइते भएका छन् । बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो।

उक्त दुर्घटना आइतबार राति सवा १२ बजे भएको प्रहरीले बताएको छ । दुर्घटनामा २२ जना घाइते भएकाहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ। मृतक ११ जनाको शव भेरी अस्पतालमा पुर्याइएको र मृतकको नामावली संकलन भइसकेको छैन।

प्रतिक्रिया