खोजखबर

तत्काल कोरोना परीक्षणको दायरा बढाउन माग

सौर्य अनलाइन २०७७ जेठ १८ गते १४:३९ मा प्रकाशित

काठमाडौं । सरुवा रोग विशेषज्ञहरुले काठमाडौं उपत्यकामा कोभिड–१९ को जोखिम हुन नदिन थप परीक्षणको दायरा बढाउन माग गरेका छन् । जनघनत्व र चहल पहलले संक्रमणको सम्भावित जाखिम बढाउने हुँदा थप परीक्षण बढाउन आवश्यक रहेको सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदीले बताए ।

उनका अनुसार कोरोना भाइरस काठमाडौं उपत्यकामा आयातित हो भन्ने अवस्था अब छैन । गत जेठ पहिलो साता एकजना सुत्केरीको मृत्युलाई आधार मान्दै अब कोरोना भाइरसको काठमाडौंमा नै संक्रमण छ भन्न सकिन्छ ।

‘बाहिरबाट आएका मानिसलाई मात्रै परीक्षण गर्ने होइन, मानिसको बढी जनघनत्व भएको स्थानमा पनि तत्काल परीक्षण गर्न आवश्यक छ’, उनले भने । सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाकामा अत्यावश्यकबाहेक सबै सवारी आवागनमा रोक लगाई थप कडा गर्नुपर्ने बताउँछन् ।

लुकीछिपी अझै पनि मानिस बाहिरबाट आउने क्रम रहेको हुँदा त्यसलाई तत्काल रोकी आएकालाई परीक्षणको दायरामा ल्याउन उनी सुझाव दिन्छन् । स्थानीय तहले पनि सम्भावित स्थानमा परीक्षणको दायरा बढाउन आवश्यक छ । कुनै एक स्थानमा परीक्षण गरी बस्ने अवस्था नभएको पनि उनको भनाइ छ । काठमाडौं उपत्यकामा हालसम्म पनि क्वारेन्टिन सञ्चालन गरिएको छैन ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय