रंग‍-विविध

बहिनीलाई कोरोनाबाट जोगाउन अक्षयले बुक गरे पूरै फ्लाइट

एजेन्सी २०७७ जेठ १८ गते ९:०४ मा प्रकाशित

बलिउड नायक अक्षय कुमारले आफ्नो बहिनी अल्का भाटिया र उनका बच्चालाई मुम्बईबाट दिल्ली पठाउन पूरा फ्लाइट बुक गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । सोसल मिडियामा उनको यो कदमको निकै चर्चा भइरहेको छ ।

कोरोना भाइरसको क्रममा अक्षय कुमार कुनै चुनौती मोल्न चाहँदैनथे तसर्थ उनले पूरा फ्लाइट नै बुक गरिदिए । मुम्बईबाट दिल्लीका लागि बुक गरिएको उक्त विमानमा चारजना मात्रै सवार भएको भारतीय सञ्चार माध्यम नवभारत टाइम्सले बताएको छ ।

यसमा अल्का भाटियो, उनका दुई सन्तान र उनकी सहयोगी समावेश छन् । यसअघि उनले अन्य धेरैलाइ पनि मद्दत गरिसकेका छन् ।

उनले बहिनीलाइ कोरोना भाइरसको संक्रमणबाट टाडा राख्नका लागि पूरा फ्लाइट नै बुक गरिदिए जनाइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय