नेकपा सचिवालय बैठक बस्दै, एमसिसीबारे छलफल हुने

फाइल तस्बिर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ ।

विश्वभर फैलिएको कोरोना भाइरस, संविधान संशोधन, अमेरिकी परियोजना एमसिसीलगायत विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको बताइएको छ ।

बैठक आज बिहान ९ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा एमसिसी कार्यदलले दिएको प्रतिवेदनमा छलफल हने सचिवालयले जनाएको छ ।

संसदमा विचाराधीन अवस्थामा रहेको एमसीसी पारित गराउने तयारी मा सरकार लागेको छ । अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट परियोजनाबारे विवाद उत्पन्न भएपछि नेकपाले पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्व, भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन–सुझाव कार्यदल बनाएको थियो ।

पार्टीको केन्द्रीय कमिटीले दिएको म्यान्डेट अनुरूप कार्यदलले फागुन दोस्रो साता नै प्रतिवेदन तयार पारेर बुझाइ सकेको थियो । सचिवालय र स्थायी कमिटीमा छलफल हुनुपर्ने भन्दै कार्यदलले प्रतिवेदन सार्वजनिक समेत गरिसकेको छ ।

उक्त कार्यदलले एमसीसीका धेरै प्रावधान नेपालको हितमा नरहेको निरक्यौल गरेको छ । त्यस्तै कार्यदलले एमसीसी परियोजना अमेरिकी सरकारको हिन्द–प्रशान्त क्षेत्रीय रणनीति र प्रकारान्तरले सैन्य गठबन्धनसँग नैसम्बन्धित भएको निष्कर्ष निकालेको छ । पार्टीका वरिष्ठ नेता खनालले एमसीसीसँग सम्बन्धित नै रहेर विभिन्न गोप्य र असमान सम्झौता समेत गरिएको भन्दै संशोधन नगरी पारित गर्न नसकिने बताउँदै आएका छन् । संशोधन गर्न ३०–३२ बुँदे सुझाव पेश गरेका छन् ।

प्रतिक्रिया