काभ्रे । ग्यास लिक हुँदा १८ महिने शिशुसहित पाँच घाइते भएका छन् । शुक्रबार बिहान काभ्रे जिल्लाको बनेपा नगरपालिका– ७ स्थित तरकारी बजारमा रत्न कुमार ठकुरीको घरको ३ तल्लामा ग्यास लिक भएर आगलागी हुँदा पाँच जना घाइते भएपछि शिर मेमोरियल अस्पतालमा लागिएको र हाल उक्त अस्पतालबाट पनि कीर्तिपुर रिफर गरेको ईलाका प्रहरी कार्यलय बनेपाले जनाएको छ ।
घाइते हुनेहरुमा वर्ष १५ का आयुष शाह, अनिश शाह वर्ष १४ का, रचना शाह १८ महिने शिशु, सोफिया ठकुरी वर्ष २४ का रहेका छन् भने राकेश ठकुरी वर्ष २६ का रहेका छन् ।
प्रतिक्रिया