‘हिटेड टोबाको प्रडक्ट’ र ई-सिगरेट्स बन्देज लगाऔँ’

काठमाडौँ । विश्व धुम्रपानरहित दिवसको पूर्व सन्ध्यामा क्षयरोग तथा फोक्सो जन्य रोग विरुद्ध क्रियाशिल अन्तराष्ट्रिय संस्था दि युनियनले ‘हिटेड टोबाको प्रडक्ट’ ( हुक्का तमाखु) र ‘ई – सिगरेट्स’को उत्पादन, बिक्री वितरणलाई बन्देज लगाउनुपर्ने नीति अघि सारेको छ ।

‘हिटेड टोबाको प्रडक्ट’ ( हुक्का तमाखु) र ‘ई – सिगरेट्स’को उत्पादन गर्ने कम्पनीले युवा पुस्तालाई लक्षित गरि आफ्ना उत्पादन अघि बढाउन थालेपछि ‘ दि युनियनले यसको उत्पादन र विक्री बितरणलाई बन्देज लगाउनुपर्ने नीति अघि सारेको हो । यसका लागि दि युनियनले बृहत जनचेतनामुलक कार्यक्रम अघि सारिसकेको बताएको छ ।

विश्वका झण्डै ८० प्रतिशत धुम्रपानका अम्मलीहर न्युन तथा मध्यम आए भएका मुलुकहरुमा रहेको भन्दै दि युनियनले ‘किन बन्देज नै अचुक उपाय हो ?’ किन न्युन तथा मध्यम आय भएका मुलुकले ई सिगरेट्स र हिटेड टोबाको प्रडक्टको बढ्दो बिक्री वितरणलाई रोक्ने पर्छ ? भन्ने नयाँ कार्यपत्रको निचोडको आधारमा उत्पादन निषेधको नीति अघि सारेको हो ।

‘न्युन तथा मध्यम आए भएका मुलुकको ठूलो हिस्सा सुर्तीजन्य पदार्थको महामारीमा फसेको छ,’ दि युनियनका सुर्तीजन्य पदार्थ नियन्त्रण निर्देशक डा गान क्वानले भने । उनले अगाडी थपे, ‘महामारीको यो वेला पनि थप नसायुक्त उत्पादन बजारमा आउँदा सरकारको कामलाई नै चुनौती दिनेछ, स्वास्थ्य संयन्त्रमा झन् बोझ थपिनेछ भने विश्व स्वास्थ्य संगठनले अघि सारेको सुर्तीजन्य पदार्थ नियन्त्रणको कार्यतालिकामै असर पर्नेछ ।’

दि युनियनका एसिया प्यासिफिक क्षेत्रका निर्देशक डा. तारासिंह बम भन्छन्, ‘ ई- सिगरेट्स र हिडेट टोबोको प्रडक्टहरुको नयाँ तथ्यांक त आएको छ । तर, यो प्रस्ट छ कि यसले एउटा महामारीकै रूप लिनेछ, किनकि युवा वर्ग यसको निसानामा छन् । सरोकारवाला यसमा सावधान रहनुपर्छ भन्ने दि यूनियन ठहर छ । नीति–निर्माताले यसलाई रोक्ने कोसिस गर्नुपर्छ । न्यून तथा मध्यम आय भएका मुलुकले त यसलाई निषेध नै गर्नुपर्छ ।’

त्यसो त ई–सिगरेट्स र ‘हिटेड टोबाको प्रडक्ट’ को उत्पादन एकदमै नाफामूलक धन्दा हुन् । २०१८ मा ई–सिगरेट्सको कारोबार १५ बिलियन अमेरिकी डलरबराबरको थियो भने २०२१ मा ‘हिटेड टोबाको प्रडक्ट’को कारोवार झन्डै १८ बिलियन अमेरिकी डलरबराबरको हुने अनुमान छ । २०१९ को ग्लोबल टोबाको इपिडेमिक रिपोर्टमा विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘ई–सिगरेटले अहिलेसम्म धुम्रपान अम्मलीमा कमी ल्याएको तथ्य छैन ।’ थप भनिएको छ, ‘निःसन्देह यस्ता उत्पादन हानिकारक छन् ।’

आजसम्म ई–सिगरेट्स र हिटेड टोबाको प्रडक्टको को उपभोगबाट जनस्वास्थ्यमा पार्ने असरका सम्बन्धमा गरिएका अध्ययनहरू मूलतः उच्च आय भएका मुलुकमा केन्द्रित हुदै आएका छन् । ‘किन निषेध नै उचित छ ?’ कार्यपत्रले भने सुर्तीजन्य पदार्थ उत्पादन नीति अध्ययन परिवेशको आधार फराकिलो बनाएको छ । न्यून तथा मध्यम आय भएका मुलुकमा नयाँ ढंगका सुर्तीजन्य पदार्थको व्यावसायिक उत्पादन र प्रचार–प्रसारले डरलाग्दो असर पु¥याउने गर्छ, अझ विशेषतः नयाँ पुस्ताका युवाहरूका लागि यसको छाप गहिरो पर्ने दि युनियनले ठहर गरेको छ ।

नेपालको अवस्था कस्तो छ ?

पछिल्ला वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणमा नेपालले उल्लेख्य प्रगति हासिल गरेको छ । यद्यपि, प्रत्येक वर्ष यहा“ सुर्तीजन्य रोगका कारण २७ हजार एक सय ३७ जना मारिने गर्छन् । नेपालमा ३० लाख ४६ हजारभन्दा बढी वयस्कले मात्र होइन, २१ हजारभन्दा बढी बालबालिका (१०–१४ वर्ष)ले सुर्तीजन्य पदार्थ सेवन गर्ने गर्छन् ।

उपभोग बढाउन सुर्तीजन्य पदार्थ उत्पादन कम्पनीहरूले नयाँ-नयाँ रणनीतिहरू अख्तियार गर्ने गर्छन् । अन्य देशमा जस्तै नेपालमा पनि पछिल्लो समय ई–सिगरेट्स र हिटेड टोवाको प्रडक्ट मार्फत उत्पादकहरुले पछिल्ला रणनीति अघि सारेका छन् । उत्पादकको यो रणनीति विरुद्ध नेपालका उच्च सरकारी अधिकारीहरु, जनप्रतिनिधिहरु, सामाजिक तथा गैसरसरकारी संस्थाका प्रतिनिधि तथा मिडियाहरुले खबरदारी गरिरहेका छन् ।

यस्तो छ दि युनियनले गरेको अपिल

बिहीबार, २८ मे २०२० (काठमाडौं, नेपाल) :

विश्व धुम्रपानरहित दिवस (३१ मे आइतबार) को पूर्व सन्ध्यामा दि युनियनले Heated Tobacco Product (HTP) तथा ई – सिगरेट्सको बढ्दो बिक्री–वितरणलाई निरुत्साहित गर्न जनचेतनामूलक कार्यक्रम गर्दै छ ।

विश्वका झन्डै ८० प्रतिशत धुम्रपानका अम्मलीहरू न्यून तथा मध्यम आय भएका मुलुकमा रहेका छन् । दि युनियनले किन बन्देज नै अचुक उपाय हो ? किन न्यून तथा मध्यम आय भएका मुलुकले ई–सिगरेट्स र Heated Tobacco Product (HTP) को बढ्दो बिक्री–वितरणलाई रोक्नैपर्छ ? भन्ने नयाँ कार्यपत्रको निचोडको आधारमा यी उत्पादनको निषेधको नीति अघि सारेको हो ।

ई–सिगरेट्स र Heated Tobacco Product (HTP) उत्पादन गर्ने कम्पनीले युवा पुस्तालाई लक्षित गरी उत्पादन गरेका पदार्थले र सुर्तीजन्य पदार्थका उपभोक्तालाई कोभिड– १९ ले थपेको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै यसपालिको विश्व धुम्रपानरहित दिवसकोे कार्यपत्र तय गरिएको हो ।

यो कार्यपत्रले ई–सिगरेट्स र Heated Tobacco Product (HTP) ले जनस्वास्थ्यमा पार्न सक्ने असरबारे वैज्ञानिक तथ्यहरू समेटेको छ । त्यस्तै, नयाँ पुस्तालाई आकर्षित गर्न र बजार विस्तार गर्न यस्ता सामग्री उत्पादक कम्पनीले चालेको व्यावसायिक कदमविरुद्ध सरकारलाई अझ चनाखो बनेर निरुत्साहित गर्न पनि यो कार्यपत्रले ध्यानाकर्षण गराउ“छ ।

‘न्यून तथा मध्यम आय भएका मुलुकको ठूलो हिस्सा सुर्तीजन्य पदार्थको महामारीमा फसेको छ,’ दि युनियनका सुर्तीजन्य पदार्थ नियन्त्रण निर्देशक डा. गान क्वानको भनाइ छ । महामारीको यो वेला पनि थप नसायुक्त उत्पादन बजारमा आउदा सरकारको कामलाई नै चुनौती दिनेछ, स्वास्थ्य संयन्त्रमा झन् बोझ थपिनेछ भने विश्व स्वास्थ्य संगठनले अघि सारेको सुर्तीजन्य पदार्थ नियन्त्रणको कार्यतालिकामै असर पर्नेछ । ई–सिगरेट्स र Heated Tobacco Product (HTP) उत्पादन एकदमै नाफामूलक धन्दा हुन् ।

२०१८ मा ई–सिगरेट्सको कारोबार १५ बिलियन अमेरिकी डलरबराबरको थियो भने २०२१ मा Heated Tobacco Product (HTP) को कारोबार झन्डै १८ बिलियन अमेरिकी डलरबराबरको हुने अनुमान छ । २०१९ को ग्लोबल टोबाको इपिडेमिक रिपोर्टमा विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘ई–सिगरेटले अहिलेसम्म धुम्रपान अम्मलीमा कमी ल्याएको तथ्य छैन ।’ थप भनिएको छ, ‘निःसन्देह यस्ता उत्पादन हानिकारक छन् ।’

आजसम्म ई–सिगरेट्स र Heated Tobacco Product (HTP) को उपभोगबाट जनस्वास्थ्यमा पार्ने असरका सम्बन्धमा गरिएका अध्ययनहरू मूलतः उच्च आय भएका मुलुकमा केन्द्रित हु“दै आएका छन् । ‘किन निषेध नै उचित छ ?’ कार्यपत्रले भने सुर्तीजन्य पदार्थ उत्पादन नीति अध्ययन परिवेशको आधार फराकिलो बनाएको छ । न्यून तथा मध्यम आय भएका मुलुकमा नयाँ ढंगका सुर्तीजन्य पदार्थको व्यावसायिक उत्पादन र प्रचार–प्रसारले डरलाग्दो असर पु¥याउने गर्छ, अझ विशेषतः नयाँ पुस्ताका युवाहरूका लागि यसको छाप गहिरो पर्ने गर्छ ।
न्यून तथा मध्यम आय भएका मुलुकहरु नै परम्परागत रूपमा सुर्तीजन्य उत्पादनले बजार लिने ठाउँ हुन् र अहिले पनि विश्वका कुल अम्मलीको ८० प्रतिशत त्यहा“ बसोवास गर्छन् ।

पछिल्ला वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणमा नेपालले उल्लेख्य प्रगति हासिल गरेको छ । यद्यपि, प्रत्येक वर्ष यहा“ सुर्तीजन्य रोगका कारण २७ हजार एक सय ३७ जना मारिने गर्छन् । नेपालमा ३० लाख ४६ हजारभन्दा बढी वयस्कले मात्र होइन, २१ हजारभन्दा बढी बालबालिका (१०–१४ वर्ष)ले सुर्तीजन्य पदार्थ सेवन गर्ने गर्छन् । उपभोग बढाउन सुर्तीजन्य पदार्थ उत्पादन कम्पनीहरूले नयाँ/नयाँ रणनीतिहरू अख्तियार गर्ने गर्छन् । ई–सिगरेट्स र Heated Tobacco Product (HTP) पछिल्ला रणनीति हुन् ।

‘ई–सिगरेट्स र Heated Tobacco Product (HTP) का बारेमा तथ्याङ्कहरू आउदै छन्,’ दि युनियनका एसिया प्यासिफिक क्षेत्रका निर्देशक डा. तारासिंह बम भन्छन्, ‘तर, यो प्रस्ट छ कि यसले एउटा महामारीकै रूप लिनेछ, किनकि युवा वर्ग यसको निसानामा छन् । सरोकारवाला यसमा सावधान रहनुपर्छ भन्ने युनियनको ठहर छ । नीति–निर्माताले यसलाई रोक्ने कोसिस गर्नुपर्छ । न्यून तथा मध्यम आय भएका मुलुकले त यसलाई निषेध नै गर्नुपर्छ ।’

नेपालका उच्च पदस्थ अधिकारी, सरकारी प्रतिनिधि, सामाजिक तथा गैर सरकारी संघसंस्थाहरुले इ–सिगरेट्स र Heated Tobacco Product (HTP) बिरुद्धको अभियानमा गरेका प्रतिबद्धता :

लेखराज भट्ट : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री : ‘विश्व स्वास्थ्य संगठनका अनुसार पनि ई–सिगरेट स्वास्थ्यका लागि हानिकारक छ र कुनै पनि हालतमा सुरक्षित छैन । यस्ता पदार्थको उत्पादन, आयात तथा बिक्री–वितरण रोक्न नेपाल सरकार प्रतिबद्ध छ ।’

खगराज अधिकारी, प्रतिनिधिसभा सदस्य तथा APCAT अध्यक्ष ः ‘ई–सिगरेट्स र Heated Tobacco Product (HTP) लोकप्रिय हुदै छन् । हानिकारक छ भन्ने चेतना न्यून छ । अकाल मृत्युबाट जोगाउन हामीले ई–सिगरेट्स र Heated Tobacco Product (HTP) निषेध गर्ने नीति नै पास गर्नुपर्छ ।’

निरुदेवी पाल, संसद्को महिला तथा सामाजिक समिति अध्यक्ष : ‘यसलाई तत्कालै निषेध गर्नुपर्छ । बालबालिका, युवा तथा गर्भवती महिलालाई यस्ता कुलतबाट जोगाउन जरुरी छ, त्यसैले तत्कालै ई–सिगरेटको बिक्री–वितरण रोक लगाउने निर्देशन दिनुपर्छ ।’

रेणु दहाल, प्रमुख, भरतपुर महानगरपालिका : ‘ई–सिगरेटको बढ्दो प्रयोग र यसले स्वास्थ्यमा पु¥याउने सम्भावित असरका सम्बन्धमा म सचेत छु । दि युनियनको ई–सिगरेट्स र Heated Tobacco Product (HTP) निषेध गराउने विषयमा मेरो समर्थन छ ।’

पुस्करराज नेपाल, उप–सचिव तथा सदस्यसचिव सुर्तीजन्य पदार्थ नियन्त्रण तथा अनुगमन समिति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय : ‘सुर्तीजन्य उत्पादन गर्ने कम्पनीले युवाहरूलाई लक्षित गर्दै चलाइरहेको प्रचार–प्रसारले ई–सिगरेटको प्रयोग बढ्दो छ । त्यसैले, यस्ता उत्पादनलाई बन्देज गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विद्यमान सुर्तीजन्य पदार्थ नियन्त्रण कानुन परिमार्जन गर्ने गृहकार्यमा लागेको छ ।’

आनन्दबहादुर चन्द, अध्यक्ष, एक्सन नेपाल : ‘र्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीले युवाहरूलाई गलत दिशामा डो¥याइरहेका छन्, ई–सिगरेट स्वास्थ्यका लागि हानिकारक छैन भन्दै उपयोग गर्न उक्साइरहेका छन् । त्यसैले सरकारले त्यस्ता हानिकारक वस्तुको प्रचार–प्रसार, बिक्री–वितरण तथा निर्यातमा हस्तक्षेप गर्नुपर्छ ।’

दि युनियन : दि युनियनको स्थापना सन् १९२० मा भएको हो र यो विश्वको पहिलो विश्वव्यापी स्वास्थ्य संगठन हो । क्षयरोग निर्मुल पार्न विश्वमै हामीले नेतृत्वकारी भूमिका निर्वाह गरेका छौ“, हामी सुर्तीजन्य पदार्थ उत्पादन कम्पनीसंग लड्छौ“ र हामी मुख्य रोगहरूसग लड्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छौ। विश्वभरका विपन्न नागरिकका स्वास्थ्य समस्यासंग जुध्न हामी विज्ञानसम्मत उपचार–विधि पहिल्याउछौ। युनियनका सदस्य, कर्मचारी र सल्लाहकारहरू जवाफदेहिता, स्वतन्त्रता, समानता र ऐक्यबद्धताका खास मान्यता लिएर अहिले पनि विश्वका एक सय ४० भन्दा अधिक मुलुकमा खटिइरहेका छन् ।

प्रतिक्रिया