प्रधानमन्त्री ओलीको गीत सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गीत सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले शब्द रचना गरेको नयाँ गीत ‘बन्छ नमूना नेपाल’ युट्युबमार्फत बजारमा आएको हो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं सङ्गीत विभाग प्रमुखका सङ्गीतकार प्राज्ञ अशोक राईले प्रधानमन्त्री ओलीको उक्त गीतमा सङ्गीत भरेका छन् ।

उक्त गीतको शब्द प्रधानमन्त्री ओलीले पछिल्लो पटक मिर्गौला प्रत्यारोपण गराउन त्रिभुवन शिक्षण अस्पतालमा बस्दा रचना गरेका थिए । उक्त गीतकाे भिडियो सङ्गीतकार राईको साङ्गीतिक समूह अन्तराको युुट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

साथै, सो गीतमा संगीत संयोजनअशोक लोहरूँग राईले गरेका छन् भने संजय तुम्रोक, दुर्गा परियार, श्रेयसी चेम्जोँग लगायतको आवाज रहेको छ ।  गीत र भिडियो तल हेर्न सकिन्छ   

प्रतिक्रिया