तीन घण्टा अविरल वर्षातपछि पुल धरासायी, सयौँ कुखुरामा क्षती

काभ्रे । काभ्रेमा बुधबार परेको अविरल वर्षातका कारण पनौती नगरपालिका– ५ चौकोट जाने पुल धारासायी बनेको छ । १ मिटर चौडाई भएको पुलबाट करिब २३० घरधुरीले प्रयोग गर्दै आएका थिए । बुधबार १ बजेदेखि अविरल वर्ष र हावाहुरीसहित असिना ४ बजेसम्म पर्दा बनेपाको नालादेखि चण्डेश्वरी र धुलिखेलको ५ नम्बर वडा र ८ का केही भू–भागबाट आउने भल तल चौकोट हुँदै पनौती र रोशीसम्म पुग्ने गर्छ ।

त्यस खोलालाई पुण्यमाता खोलाको नामले चिनिन्छ । सोही भेल आकस्मीक उर्लेर आउँदा वर्षौँदेखि प्रयोग गरिरहेको पुल धराप भएको स्थानिय बिनेक केसीले बताए । यसैबीच सोही वडाको नैकिन्टारस्थित विक्रम कार्कीले पाल्दै आएको (लेयर्स) अण्डा दिने कुखुरा राखिएको फर्ममा भेल पस्दा २ सयभन्दा बढी कुखुरामा मरेका छन् । साथै, सयौँ कुखुराहरुमा क्षती पुगेको छ ।

सो फर्मको माथिल्लो साईडबाट कच्ची बाटो निर्माण गरिरहेका ठेकेदारको लापरबाहीका कारण रोडबाट भेल सिधै कुखुरा फर्ममा छिरेको कार्कीले बताए । उनले सो फार्ममा ५ हजार कुखुरा पाल्दै आएका थिए । यसैबिच पुण्यमाता आसपासमा रहेको दर्जनौँ घर टहराहरुमा क्षेति पुगेको छ । केही हार्डवेर लगायतका पसलमा क्षेती पुगेको पनि बताइएको छ । उक्त खोला किनारमा केही किसानले पालेको हाँस पनि बगाएको बताइएको छ ।

प्रतिक्रिया