कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ३ लाख नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमणका कारण साढे ३ लाखभन्दा धेरैको ज्यान गएको छ । हालसम्म कोरोनाका कारण ३ लाख ५१ हजार ६३८ जनाको मृत्यु भइसकेको छ ।

विकसित देशमा सबैभन्दा धेरै शंक्रमण देखिएको छ । हालसम्म कोरोनाको  संक्रमण ५६ लाख ७८ हजार २६० मा देखिसकेको छ ।

वल्डोमिटरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा हालसम्म एक लाख ५ सय ४५ जनाको ज्यान गईसकेको छ। त्यहाँ १७ लाख २५ हजार ३ सय ४७ कोरोना संक्रमित पुगेका छन्। त्यस्तै अमेरिकामा हालसम्म ४ लाख ७८ हजार २ सय २५ जनासंक्रमित निको भइसकेका छन्।

अमेरिकापछि ब्राजिलमा तीब्र रुपमा फैलिएको यो भाइरसका कारण हालसम्म ३ लाख ९१ हजार २ सय २२ जनामा संक्रमण देखिएको छ। त्यस्तै त्यहाँ २४ हजार ५ सय १२ जनाले ज्यान गुमाइसेका छन्।

रुसमा संक्रमितको संख्या ३ लाख ६२ हजार ३ सय ४२ रहेको छ त्यहाँ ३ हजार ८ सय ७ जनाको ज्यान गइसकेको छ। संक्रमितको आधारमा चौथो स्थानमा रहेको स्पेनमा हालसम्म २७ हजार १ सय १७ को ज्यान गएको छ। त्यस्तै २ लाख ८३ हजार ३ सय ३९ जनामा संक्रमण भेटिएको छ।

यस्तै बेलायतमा ३७ हजार ४८ जनाको ज्यान गइसकेको छ। त्यहाँ २ लाख ६३ हजार २ सय २७ जनामा संक्रमण देखिएको छ। भारतमा संक्रमित हुनेको संख्या एक लाख ५० हजार नाघेको छ र ४ हजार ३ सय ४९ जनाको ज्यान गएको छ।

विश्वभर संक्रमितको संख्या ५६ लाख ७७ हजार ७७ रहेको छ। संसारभर एकै दिन ९३ हजार ३० संक्रमित थपिएका छन्। त्यस्तै २४ घण्टामा ३ लाख ९ हजार ८८ जनाको ज्यान गएको छ। हालसम्म विश्वभरबाट २४ लाख २६ हजार ३ सय ८४ जना निको भएर घर फर्किएका छन्।

कोरोना नियन्त्रणका लागि खोपको विकास भइनसकेका कारण यसको संक्रमण रोकिन समय लाग्ने विश्व स्वास्थ्य संगठनले बताइसकेको छ ।

प्रतिक्रिया