रंग‍-विविध

सुब्बाले ल्याए ‘आँखा राम्रो मृग जस्तो’

सौर्य अनलाइन २०७७ जेठ ११ गते १५:०३ मा प्रकाशित

काठमाडौं । प्रवासमा रहेर सांगीतिक क्षेत्रमा लागेका समुन्द्र केसीको प्रस्तुति ‘आँखा राम्रो मृग जस्तो हरिण झै त्यो चाल’ बोलको गीत सार्वजनिक भएको छ ।

लिप्सिङसहितको अडियो युट्युवमार्फत सार्वजनिक गरिएको उक्त गीतमा कैलाश क्रान्तिको संगीत तथा कृष्णभक्त राईको एरेन्ज रहेको छ । गायक निर्मल सुब्बा लगायतकोे स्वर समेटिएको गीतकार केसीले बताए ।

गायक सुब्बाले तीन दर्जन बढी गीतमा स्वर भरिसकेका छन् भने केही लिम्बु भाषाका गीतसमेत गाएका छन् । गायक सुब्बा भन्छन्, ‘गीत, संगीत पेशा नभएर आफ्नो रहर र आत्म सन्तुष्टिको लागि गाउने गरेको हुँ ।’ गायक सुब्बाले यस गीतको म्युजिक भिडियो केही समयपछि निर्माण गर्नेे जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय