बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्न समस्या

दैलेख । जिल्लामा अहिले बाहिरी मुलुकबाट आउने नागरिकलाई राख्न समस्या भएको छ । कोरोना भाइरसको महामारीबाट विश्वनै आक्रान्त रहेको बेला नेपालमा समेत यसको ठूलो प्रभाव परेको छ । यस्तो अवस्थामा नेपालबाट अन्य मुलुकमा काम गर्नकै लागि जाने नेपाली नागरिकहरु कोरोनाको त्रासले आफ्नै गाउँमा फर्कने गरेपछी शहरभन्दा गाउँमा कोरोनाको महामारी फैलिने विषयलाई मध्यनजर गर्दै ।

विभिन्न स्थानिय तहहरुले बाहिरबाट आउने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनको लागि क्वारेन्टाइन बनाए पनि विदेशबाट आउने नागरिकहरु धेरै भएकोले उनिहरुलाइ राख्न समस्या भएको हो । यस जिल्लाबाट विदेशमा गएका नागरिकहरु घरमा आउने क्रम दिन प्रतिदिन बढिरहँदा गाउँका क्वारेन्टाइन भरिएका छन् ।

उनिहरुलाई १४ दिन राख्ने व्यवस्था भए पनि उनिहरुको स्वाब संकलनको लागि स्वास्थ्य सेवा कार्यालाय दैलेखको टोलीनै जानुपर्ने भएकाले उनिहरुलााइ कहिलेसम्मा राख्ने भन्ने अन्योल विभिन्न स्थिानिय तहमा भएको छ । दैलेख जिल्लमा मात्रै बिहीबार ८ सय ६३ जना भित्रिएका छन् । उनिहरु सबैलाई व्यवस्थापन गर्न समस्या भएको छ ।

जिल्लामा बाहिरबाट आउने नागरिक धेरै भएकाले कोरोनाको उच्च जोखिम बढेको छ । जिल्लामा ८७३ जनाको आरडीटी परीक्षण भएको र १ जनामा कोरोना पुष्टीसमेत भइसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । आम नागरिक त्रासमा भएको समयमा बिहीबार मात्रै दुल्लु नगरपालिकामा ७९ जना आएकोले उनिहरुलाई राख्न समस्या भएको दुल्लु नगरपालिकाका मयेर घनश्याम भण्डारीले बताए । उनका अनुसार दुल्लु नगरपालिकामा मात्रै दश हजार नागरिक भित्रिने अनुमान गरिएको छ ।

तिनिहरुलाइ कसरी र कहाँ राख्ने भन्नेबारे केही टुङ्गो लागेको छैन । भगवतीमाई गाउँपालिकामा ८ जना क्वारेन्टाइनमा रेहको बताउँदै गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले गाउँपालिकाको तथ्यांक हेर्दा करिब २५ सय नागरिक बाहिरबाट आउने भएकोले समस्या पर्ने देखिएको बताए ।

बिहीबार मात्रै चामुण्डाविन्द्रासैनी नगरपालिकामा १७ जना, भैरवी गाउँपालिकामा एक सय २१ जना, दुल्लु नगरपालिकामा ७९ जना, गुराँस गाउँपालिकामा २६ जना, आठविस नगरपालिकामा २ जना डुङ्गेश्वर गाउँपालिकामा ३८ जना, नौमूले गाउँपालिकामा ६३ जना, महाबु गाउँपालिकामा ३०५ जना, नारायण नगरपालिकामा २०६ जना र भगवतीमाई गाउँपालिकामा ६ जना भित्रिएका छन् ।

प्रतिक्रिया