रंग‍-विविध

सञ्जय जेल गएपछि माधुरी नेने सँग

सौर्य अनलाइन २०७७ जेठ २ गते १२:३० मा प्रकाशित

एजेन्सी । बलिउड चलचित्रकी नाथिका माधुरी दीक्षित ५३ वर्षकी भइन् । सालिन स्वभावकी उनी हर मानिसको मनमा बस्न सफल छन् । नायिका माधुरीको जन्म मराठी परिवारमा १९६७ को मे १५ मा भएको थियो ।

करियरको पीक समयमा उनले डाक्टर नेनेसँग विवाह गरिन् । फिल्मबाट पनि टाढा गइन् । तर, उनको विवाहअघि बलिउड अभिनेता सञ्जय दत्तसँग गहिरो प्रेम थियो । भारतीय सञ्चार माध्यमका अनुसार माधुरी र सञ्जयले विवाह गर्ने योजना बनाएका थिए । तर, सञ्जय दत्त जेल गएपछि उनीहरुको सम्बन्ध टुटेको थियो ।

अभिनयमा अब्बल माधुरी पढाईमा पनि उत्तिकै तेज थिइन् । उनले माइक्रोबायोलोजी विषयमा अध्ययन गरेकी छिन् । फिल्म क्षेत्रमा आउने चाहाना नहुँदा नहुँदै पनि फिल्म क्षेत्रमा आएकी माधुरीलाई १४ पटक फिल्म फेयरमा नोमिनेशन र ६ पटक जित हासिल भएको छ ।

नृत्यमा पोख्त माधुरी कथक डान्सर हुन् । उनी बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीको रुपमा पनि परिचित छिन् । उनले फिल्म ‘हम आपके है कौन’ मा सलमान खानले भन्दा बढी पैसा लिएकी थिइन् । यो फिल्मको लागि उनले २.७ करोड लिएकी थिइन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय