अष्ट्रेलियामा युवतीमाथि यौन दुर्व्यवहारको आरोपमा नेपालीविरुद्ध मुद्दा

एजेन्सी । अष्ट्रेलियाको सिड्नी शहरमा एक युवतीमाथि यौन दुर्व्यवहारको आरोप लागेका नेपालीले मुद्दा खेपिरहेका छन् । गत चैत ५ गते १८ वर्षीया ती युवती जागिरको लागि अन्तर्वार्ता दिन अलावाह रेलवे स्टेशनबाट अलावाह तर्फ यात्रा गर्दै थिइन् ।

एनएस डब्ल्यू डट जिओभी डट एयूका अनुसार त्यति नै बेला उनले ती एक नेपाली युवकलाई भेटेर उनले नजिकैको बसमार्फत् यात्रा गर्न सुझाउँदै गर्दा उनीमाथि यौन दुर्व्यवहार गरेको बताइएको छ । जानकारी अनुसार उनी केही गरी त्यहाँबाट अलवाह रेलवे स्टेशनतर्फ भाग्न सफल भइन् र पुलिसलाई यसबारे जानकारी दिइन् ।

पुलिस ट्रान्सपोर्ट एण्ड सेफ्टी कमान्डका अधिकारीले तत्काल अनुसन्धान सुरु गरे । त्यसपछि पुलिसले २५ वर्षका ती आरोपीलाई वैशाख १२ गते शुक्रबार स्थानीय समयानुसार साढे २ बजे हर्स्टभिलबाट पक्राउ गर्यो । उनलाई कोगारा पुलिस स्टेशन पुर्याइयो र यौनजन्य क्रियाकलाप गरेको भन्दै मुद्दा दर्ता गरियो ।

पुलिसका अनुसार ती व्यक्तिले सोसल मिडियामा नक्कली अकाउन्ट बनाएर महिलालाई जागिरको प्रलोभन देखाएर भेट्ने गर्दथे । उनलाई पारामाटा लोकल कोर्टमा वैशाख १३ गते पहिलोपटक उपस्थित गराइएको थियो । उनलाई जमानतमा रिहा हुन अनुमती दिइएको छैन । दोस्रो पटक उनी आज अर्थात् शुक्रबार अदालतमा उपस्थित भएका छन् ।

प्रतिक्रिया