पाँचथरमा १३ लाखको आरडीटी किट्स

पाँचथर । पाँचथरमा कोरोना भाइरस रोकथामका लागि संघीय भौतिक पूर्वधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले १३ लाख बराबरको आरडीटी किट्स प्रदान गरेका छन् । मंगलबार नेकपा पाँचथरको आयोजनामा नगर तथा गाउँपालिकाहरूलाई उक्त सामग्री वितरण गरिएको हो ।

पालिका प्रमुख प्रशासकिय अधिकृतहरूलाई हस्तान्तरण गरिएको नेकपा सचिवालय सदस्य तथा यङवरक गाउँपालिका नेकपा संगठन अध्यक्ष नरबहादुर गुरुङले जानकारी दिए ।  उक्त किट्स सामग्री संविधानसभा सदस्य आईन्द्रसुन्दर नेम्वाङ, प्रदेशसभा सदस्य सिता थेवे, जिसस प्रमुख विष्णुप्रसाद सापकोटा, नेकपा अध्यक्ष राजकुमार भण्डारी, नेकपा युवा नेता हर्क नेम्वाङ मिक्सो, रेडक्रश लगायतले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा सिडिओ अर्जुनकुमार गुरागाई शर्मा , सुरक्षा निकायका अधिकारीहरु ,सिद्धराज न्यौपाने, कर्मचारी , पालिका सबै पालिका अध्यक्ष हरुको उपस्थितिरहेको थियो । जिल्लामा भए–गरेका गतिविधिलाई सार्वजनिकरण गर्न नेकपा पाँचथर सञ्चार मैत्रि नभएको पाईएको छ । साथै, जिल्लामा क्वारेन्टाइनको अवस्था, क्वारेन्टाइन बेड संख्या जम्मा पाँच सय ६० रहेका छन् ।

त्यस्तै, सबै क्वारेन्टाइनमा रहेका पाँच सय २५ जनालाई व्यवस्थापन गरिएको छ ।  स्थानिय तहमा क्वारेन्टाइनको वेड थप गरिएको जनाइएको छ । हालै काडमाडांैबाट जिल्ला भित्रिएकाको संख्या र क्वारेन्टाइनमा बस्नेको संख्या बृद्धि भएको छ ।

प्रतिक्रिया