प्रदेश १ मा ३८ जना आइसोलेसनमा

विराटनगर । प्रदेश–१ मा मंगलबारसम्म पाँच हजार ९ सय जनाको कोभिड–१९ को परीक्षण भएको छ भने स्वास्थ्यकर्मीको निगरानीमा ३८ आइसोलेसनमा रहेका छन् ।

पीसीआर विधिबाट एक हजार १९ र आरडीटी विधिबाट चार हजार ८८१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना कक्षले जनाएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा ४४५ महिला दुई हजार १४० छन् भने १७ जना घर फर्केका छन् ।

प्रतिक्रिया