प्रधानमन्त्रीविरुद्ध डा. भट्टराईको भाषाप्रति रेडियो नेपालको माफी

काठमाडौं । रेडियो नेपालले एक विज्ञप्ति प्रकाशित गर्दै माफी मागेको छ । सोमबार बिहान पूूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ‘अशिष्ट’ भाषा बोलेको भन्दै रेडियो नेपालले माफी मागेको हो ।

साढे ६ बजे प्रसारित ‘अन्तरसंवाद’ कार्यक्रममा पूूर्वप्रधानमन्त्री तथा हाल जनता समाजवादी पार्टीका नेता डा. भट्टराईले प्रयोग गरेका शब्दलाई लिएर रेडियो प्रसार विकास समितिले माफी मागेको छ ।

विकास समितिका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीद्वारा जारी उक्त विज्ञप्तिमा माफी मागिएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले प्रयोग गरेका विचार र भाषा प्रधानमन्त्रीप्रति लक्षित भएकाले विज्ञप्ति निकाल्नु परेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया