पाँचथर । पाँचथरका पालिकाहरुलाई स्वास्थ्य सामग्री वितरण सम्पन्न भएको छ । स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पाँचथरमा उपलब्ध गराएका हुन् ।
मन्त्री नेम्वाङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथर र जिल्ला समन्वय समिति पाँचथरको समन्वयमा उक्त सामग्री वितरण गरेको जिसस प्रमुख बिष्णुप्रसाद सापकोटाले बताए । उक्त सामग्री सोमबार ४ वटा गाउँपालिका फाल्गुनन्द, मिक्लाजुङ, तुम्बेवा र कुम्मायकमा वितरण गरिएको जिल्ला समन्वय अधिकारी विनोदकुमार दाहालले बताए ।
मंगलबार बाँकी रहेका ४ वटा स्थानिय तहमा समेत वितरण गरिएको छ । स्वास्थ्य सामग्री वितरणपछि फाल्गुनन्द पालिकामा कार्यान्वयनमा जोड दिँदै राहातको लागि पुःन अभियानमा लाग्ने फाल्गुनन्द पालिका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले बताए । २७ थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), ३३ थान थर्मलगन, ३४ हजार थान सर्जिकल मास्क, जिल्लामा उपलब्ध भएको नेकपा पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया