आरडिटीबाट धादिङका व्यक्तिमा पनि कोरोना पोजेटिभ

धादिङ । धादिङ जिल्लाको ज्वालामुखि गाउँपालिका–२ स्थित मैदी स्वास्थ्य चौकीमा आरडिटी परिक्षणको क्रममा अर्का एक व्यक्तिमा पनि कोरोना पोजेटिभ भेटिएको छ । केही समयअघि भारतबाट फर्केका ज्वालामुखी– १ का व्यक्तिमा कोरोना पोजेटिभ पाइएको हो ।

शुक्रबार गरिएको आरडिटी परिक्षणको क्रममा ती व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको मैदी स्वास्थ्य चौकी स्रोतले जानकारी दिएको छ । उनलाई शुक्रबार नै एम्बुलेन्समार्फत जिल्ला अस्पताल धादिङ पुर्याइएको छ ।

जिल्ला अस्पताल धादिङले पिसिआर परिक्षणको लागि उनको स्वाब काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल पठाइएको छ । मैदी स्वास्थ्य चौकीमा यसअघि ज्वालामुखि–३ अमराईका एक युवकमा पनि आरडिटी परिक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको थियो । पिसिआरमा परिक्षणमा भने उनको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया