आरडिटी पोजेटिप देखिएका व्यक्तिकाे परिवारका रिपोर्ट नेगेटिभ

मुगु । बिहिबार खत्याड गाँउपालिका– ५ का एक व्यक्तिको आरडिटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि शुक्रबार उनका सबै परिवारमा कोभिट १९ आरडिटी परिक्षण गरिएको छ ।

उनका ५ जना परिवार र उनीसँगै भारतबाट आएका एक जनाको शुक्रबार आरडिटी परिक्षण गर्दा नेगेटिप रिपोर्ट आएको र विहिबार पोजेटिपभ रिपोर्ट आएका व्यक्तिको शनिबार पुनः परिक्षण गर्दा पनि पोजेटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटिले बताए ।

शुक्रबार ४० जना खत्याड गाँउपालिका २ जना मुगु मकार्मारोङ्ग गाँउपालिकाका स्थानियहरुको आरडिटि परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिपभ आएको हो । हालसम्म १३२ जनाको आरडिटि, ५ जनाको पिसिआर परिक्षण भएको पनि डाक्टर नगरकोटिले जानकारी दिए । आरडिटि पोजेटिभ देखिएका व्यक्तिको स्वाब परिक्षणका लागि सुर्खेत पठाउँन कठिनाई भएको छ ।

गाडीबाट पठाउन खत्याड जाने सडक बिग्रेको र हेलकप्टरका लागि पहल भइरहेको प्रजिअले बताए । खत्याड गाँउपालिकामा आरडिटि पोजेटिप देखिएपछि उक्त गाँउपालिकामा भारत तथा तेस्रो मुलकबाट आएका सबैको आरडिटी परिक्षण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आरडिटी किड १०० थानसहित ५ जना स्वास्थ्यकर्मीकोे टोली मुगुतर्फ हिँडिसकेको पनि जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।

प्रतिक्रिया