प्रहरीद्वारा एम्बुलेन्स चालकमाथि कुटपिट

कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिकाले सञ्चालन गरेको एम्बुलेन्सका चालकलाई प्रहरीले निर्घात कुटपिट गरेको छ । नेपालगञ्जबाट बिरामी लिएर आउँदै गर्दा दैलेखको गुराँसेमा चालकमाथि शुक्रबार निर्घात कुटपिट भएको हो ।

डिउटीमा खटिएका प्रहरीले चालकलाई एम्बुलेन्सबाट तानेर कुटपिट गरेको बताइएको छ । सरकारी संस्थान सवारीचालक एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उक्त घटनाबारे खेदप्रकट गरिएको छ ।

विरामी बोकिरहेको अवस्थामा चालकलाई विनाकारण कुटिएको भन्दै जिल्ला प्रहरी कार्यालय कालीकोटमा निवेदनसमेत दिएको खाँडाचक्र नगरपालिकाका सवारी चालक विनोद खड्काले बताए ।

उनका अनुसार विरामी बोकेर आएको एम्बुलेन्समाथि विनाकारण कुटपिट गर्नेलाई हदैसम्मको कारवाहीको माग गरिएको छ । चालकलाई चोटपटक धेरै लागेको बताइएको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया