कोरोना संक्रमित बाग्लुङकी ६४ वर्षीया महिलाको नतिजा नेगेटिभ

काठमाडौं । कोरोना भाइरस संक्रमित बाग्लुङकी ६४ वर्षीया एक महिलाको तेस्रो परीक्षणको नतिजा नेगेटिभ आएको छ । अस्पतालमा उपचार भइरहेका कोरोना भाइरस संक्रमितको पुष्टि भएका मध्ये अस्पतालमा उपचाररत हुनेको पुनः परीक्षण गर्दा नेगेटिभ आएको यो पहिलो घटना हो ।

ती महिला गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी थिइन् । धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बिहीबार ती ६४ वर्षीया महिलाको तेस्रो परीक्षणको नतिजा नेगेटिभ आएको जानकारी दिए ।

यसअघि गरिएको दोस्रो परीक्षणमा महिलामा कोरोना संक्रमणको नतिजा पोजेटिभ भेटि एको थियो । डा. पोखरेलले बिहीबार नै ती महिलाको अर्को परीक्षणको लागि स्वाब पठाउँने तयारी भइरहेको बताए ।

‘संक्रमितको नतिजा नेगेटिभ आए फेरि २४ घण्टाभित्र अर्को नतिजा नेगेटिभ आउनुपर्छ, अनि मात्र विरामीलाई डिस्चार्ज गर्न सकिन्छ,’ डा. शैलेन्द्र पोखरेलले भने ।

विश्वभर महामारीका रूपले फैलिएको कोरोना भाइरसका कारण एक लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने लाखौँ संक्रमित भएका छन् । त्यसको प्रभाव नृपालमा पनि पर्न गएर अहिलेसम्म १६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया