पाँचथर । पाँचथर जिल्लाकाे फाल्गुनन्द गाउँपालिका राँकेमा कोरोना संक्रमितको आशंकामा रहेकाहरूको परिक्षण सुरु गरिएको छ । शनिबारदेखि एक नम्बर प्रदेश सरकारले सुरु गरेको हो ।
कोरोनाको आशंका गरेर रेडक्रस शाखाको क्वारेन्टाईनमा राखिएका आठ जनाको परिक्षण गरिएको छ । उनीहरू सबै जनामा कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको सिडिओ अर्जुनकुमार शर्माले बताए । उनका अनुसार पाँचथरका पालिकाहरूका क्वारेन्टाइमा ६० जना रहेका छन् ।
उनीहरूलाई आईतबार नै घर पठाइने पालिकाका प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिए । साथै, सोही क्वारेन्टाइनमा रहेका अन्यलाई दुई दिनभित्र परिक्षण गरिने प्रदेश नम्बर एकका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङवो मौसमले बताए ।
प्रतिक्रिया