कोरोनाविरुद्ध माइकिङ गर्दै रेडक्रस

मुगु । नेपाल रेडक्रस शाखा कार्यालय मुुगुले गाउँ–गाउँमा माइकिङ गरेर कोरोनाविरुद्ध जाँगरण अभियान चलाएको छ । रेडक्रस मुगुले हरेक दिन गाउँ गाउँमा पुगेर कोराना भाइरसबाट बच्न  सावधानी अपनाउनु पर्ने घरेलु उपायलगायत व्यत्तिगत सरसफाईमा ध्यान दिन माइकिङ गरेर सन्देश दिएको हो । कोराना भाईरस संक्रमण विश्वभरी फैलिएकाले त्यसको प्रकोप नेपालमा नपरोस् भनेर नेपाल सरकारले देशभर लकडाउन गरेको छ ।

त्यसको पालाना गरी नागरिकल सतर्कता अपनाउने भन्दै रेडक्रसले माकिङमार्फत सचेतना फैलाएको छ । निरन्तर गाउँ–गाउँमा पुगेर नागरिकलाई समय–समयमा साबुन पानीले हात धुन, जरुरी कामबाहेक अन्य समयमा बाहिर ननिसक्न, भीडभाड नगर्न सचेतना फैलाउँदै आएको रेडक्रस मुगुका सभापति जयबहादुर मल्ले बताए ।

उनका अनुसार रेडक्रसका केन्द्रीय सदस्य तिलक बहादुर मल्लको नेतृत्वमा हरेक दिन कोरानाबारे नागरिकलाई सचेतना फैलाएको हो । मुगुका चार वटै स्थानीय तहका गाउँमा रेडक्रसका स्वयंसेवकले कोरानाविरुद्ध सचेतना कार्यक्रम गर्दै आएको सभापति मल्लले बताए ।

पिपिई सहयोग

नेपाल रेडक्रस मुगुले डेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मीलाई पिपिई सहयोग गरेको छ । जिल्लाभर १८ वटा हेल्थ डेक्समा डेक्समा खटीएका स्वास्थ्यकर्मीलाई पिपिई सेट, पञ्जादेखि रुमाललगायत सहयोग गरेको छ

प्रतिक्रिया