कोरोना संक्रमणबाट पूर्वगोर्खा सैनिकको निधन

काठमाडौं । कोरोना कोरोना भाइरसरका कारण बेलायत बस्दै आएका एक जना नेपालीको निधन भएको छ।

पूर्वगोर्खा सैनिक एवं तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेतप्रसाद गुरुङको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो । ५९ वर्षीय समाजसेवी गुरुङको लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको तमु धीं लन्डन इकाईले जनाएको छ ।

नेपालको पर्वत स्थायी घर भई लामो समयदेखि श्रीमतीका साथ बेलायतको अल्पर्टनमा बस्दै आएका गुरुङ १४ दिनदेखि कोरोनाबाट थला परेका थिए।

प्रतिक्रिया