स्वास्थ्य सामग्री वितरण गदै मेडिकल हल

कालिकोट । विश्वव्यापी रूपमा फैलिँदै गएको नोबेल कोरोना अर्थाथ कोभिड १९ लाई रोकथाम तथा नियन्त्रण गर्नका लागि सबैको चासो बढ्दो देखिएको छ । जिल्लाको सदमुकाम मान्ममा लामो समयदेखि सेवा दिँदै आइरहेको विष्ट मेडिकल हलले कालीकोट जिल्लाका अधिकांश सरकारी तथा गैर सरकारी कार्यालयमा स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ ।

सुरक्षाकर्मी र सञ्चारकर्मीलाई मास्क, पञ्जा, सेनिटाईजर वितरण गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटमा उनले जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलसहित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

विष्ट मेडिकल हलका सञ्चालक तुलाराम विष्टले कालीकोटमा सुरक्षा निकायले कोरोनाको महामारीमा जनताको सेवाका लागि भन्दै आफूले सानो सहयोग मात्र गरेको बताए । उनले स्थानियलाई पनि स्वास्थ्य सामग्री वितरण गर्ने बताएका छन् ।

स्वास्थ्य सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले आफूले अहिलेसम्म सेनिटाईजर खोजिरहेको तर, बजारमा किन्नसमेत नपाइने अवस्था भएको बताए । विश्वभर फैलिएको कोरोना भाईरसलाई रोकथाम गर्नका लागि तुलाराम विष्टले आफ्नै लगानीमा सुरक्षाकर्मी र सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया