कोरोना भगाउन क्लोरिन छर्कियो

कालिकोट । खाँडाचक्र नगरपालिकाले बढ्दै गएको कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि जिल्लाको सदमुकाम मान्म बजारमा क्लोरिन झोल छर्किएको छ ।

११ वटा वडाका मुख्य बजार क्षेत्रभरी क्लोरिन छर्ने कार्यलाई तीव्रता दिने खाँडाचक्र नगरपालिकाका स्वास्थ्य संयोजक रविन्द्र सेजुवालले जानकारी दिए । लकडाउनले सुनसान रहेको मान्म बजारमा कुनै किसीमको रोग नफैलियोस् भन्नका लागि नगरपालिकाले बजार क्षेत्रमा क्लोरिन छर्केको खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेले बताए ।

उनका अनुसार नगरपालिका भित्रका नागरिकहरूलाई स्वास्थ्य सामाग्रीहरु पनि वितरण गरिएको छ । प्रमुख प्रशासकिय अधिकृत खड्कप्रसाद उपाध्यायले नगरबासीहरूका समस्यालाई मध्यनजर गर्दै कुनै समस्या सृजना हुँन नदिने र नगरपालिकाको सिंगो टिम नै समस्या समाधान गर्नतिर लाग्ने बताए । कालीकोटका ९ वटा स्थानिय तहका जनप्रतिनिधीहरु आ–आफ्नो स्थानिय तहमा कोरोनाबाट बच्न सचेतना जगाउँदै आएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया