स्वास्थ्यकर्मी करारमा लिन्छौँः मुख्यमन्त्री शाही

मुगु । कर्णाली प्रदेश सरकारले कर्णालीका १० वटै जिल्लाबाट करारमा कर्मचारी भर्ना गर्ने भएको छ । कर्णालीका तीन जिल्ला डोल्पा, हुम्ला र मुगुमा संघीय सरकारबाट प्राप्त स्वास्थ्य साम्रगी हस्तान्तरण गर्न मंगलबार मुगु पुगेका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कोरानाविरुद्ध लड्न कर्णाली प्रदेश सरकारले तीन महिनाको लागि करारमा स्वास्थ्य कर्मचारी भर्ना गर्ने बताए ।

सशक्तरूपमा कोराना भाइरसविरुद्ध लड्न प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लाका स्वास्थ्य क्षेत्रमा अध्ययन गरी बेरोजगाररूलाई करार भर्ना गरेर रोजगारी दिइने मुख्यमन्त्री शाहीको भनाइ छ ।

कर्णाली प्रदेश सरकार विशेष तयारीका साथ लागी परेको र क्वारेन्टाईन, आईशोलेसन बेड जिल्ला–जिल्लामा तयार गरेर बाहिरबाट आएका व्यक्तिलाई क्वारेन्टाईनमा राख्ने उनले बताए ।

उनका अनुसार अन्य देशभन्दा भारतबाट स्वदेश फर्किनेहरू धेरै गाउँमा भित्रिएका छन् । साथै, कर्णाली प्रदेशका १० वटै जिल्लाहरूमा जहाँ बिरामी त्यहीँ उपचार भन्ने नीति लिइएको छ । त्यस्तै मुख्यमन्त्री शाहीले सबैलाई यस महामारीबाट हरेस नखान पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया