‘साबुन र मास्क वितरण’

दैलेख । जाजरकोट जिल्लाको सिमानामा जोडिएको भगवतिमाई गाउँपालिकाकामा विश्वभरी फैलिदै गएको कोरोना भाइरसको बढी जाखिमा रहेको छ । त्यसैले गाउँपालिकाको वडा नं ५ र ६ का अति विपन्न तथा गरिव परिवारलाई मास्कसँगै साबुन वितरण गरिएको छ ।

विपद्को बेलामा यलाइ सामना गर्नेको लागि साबुन र मास्क वितरण गरिएको जनाइएको छ अस्ट्रेलियन एड, कारितास अस्ट्रेलिया र कारितास नेपालको सहयोगमा एकता फाउन्डेशन नेपालको प्रयासमा भगवतीमाई ५ र ६ का करिव २०० घरलाई साबुन वितरण गरिएको छ भने सोही गाउँपालिकाका युवा तथा बाल क्लवका सबै सदस्यलगाएत गरिव तथा विपन्न परिवारका सदस्यलाई मास्क वितरण गरिएको एकता फाउण्डेसन दैलेखका कार्यक्रम अधिकृत जनकप्रसाद अधिकारीले बताए ।

गाउँपालिकामा कोरोनाको जोखिमा रहे पनि हाल यस गाउँपालिका तथा गाउँपालिकामा काम गर्ने संघसस्थाहरू यसको विरुद्धमा लागि परेको देखिन्छ । गाउँपालिकाले यसबाट बच्नको लागि गाउँगाउँमा माइकिङ लगाएत गाउँपालिकाको सुरक्षमा कडाइ गरेको छ ।

१४ वटा क्वारेन्टाइनसमेत बनाई सकेको र गाउँपालिकाले बाहिरी देशहरूबाट आउनेको लगत संकलन गरेर राखेको छ । गाउँपालिकामा हुने गरेका लकडाउन उल्लघंनलाई इलाका प्रहरी चौकी बेस्तडाले समेत उच्च निगरानी राखीरहेको छ । गाउँमा हुने भोजभतेर लगाएतका स्थानमा प्रहरी पुगेर कोरोना भाइरस संक्रमणबाट बच्ने उपायाको बारेमा नागरिकलाई सजग गर्ने गराएको इलाका प्रहरी कार्यालय बेस्तडाका सहायक प्रहरी निरिक्षक मनोज कडेलले बताए ।

प्रतिक्रिया