लकडाउन अझै आठ दिन थप्ने निर्णय

काठमाडौं । विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीमा नेपाल सरकारले अझै आठ दिन लकडाउन थप्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकमा आठ दिन लकडाउन बढाउने निर्णय गरेको उच्च स्रोतले जनाएको छ ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको लागि गत चैत ११ गतेदेखि एक सातासम्म लकडाउनको घोषणा गरेको थियो । उक्त लकडाउनको समयावधि यही चैत १८ गते सकिँदै छ ।

त्यसपछि पनि पु:न थप ८ दिन लकडाउन हुने जनाइएको छ । नेपालमा पनि कोरोना भाइरसबाट संक्रमणका बिरामी दैनिक बढ्दै जान थालेको छ ।

प्रतिक्रिया