खाँडाचक्रमा १८ हजार मास्क वितरण

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिकाका सबै वडाहरूमा १८ हजार थप मास्क वितरण गरिएको छ । बढ्दै गएको कोरोना भाइरस (कोभिड १९) लाई रोकथामका लागि नगरपालिकाले आफ्ना नागरिकहरूलाई सचेत गराउँदै आएको छ ।

खाँडाचक्र नगरपालिका स्वास्थ्य संयोजक रविन्द्र सेजुवालका अनुसार १८ हजार माक्स, पाँच हजार कोरोना सम्बन्धि ब्रुसर, पाँच हजार ४० पिस हात धुने साबुन नागरिकको घर–घरमा गई वितरण गरिएको हो । पाँच सय थान डिजिटल थर्ममिटर, स्वास्थ्य संस्थामा आवश्यक पन्जा, सेनिटाइजर लगाएत सचेतनामूलक पोष्टरहरू पनि उपलब्ध गराइएको सेजुवालले बताए ।

पालिकाका सिंगो टिम ११ वटै वडाका नागरिकहरूको घर–घरमा गई स्वास्थ्य अवस्था चेकजाँच गरिरहेको खाँडाचक्र नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खड्क उपाध्यायले बताए ।

भारत तथा अन्य देशबाट आउने नागरिकहरूलाई चेकजाँचपछि मात्र क्वारेन्टाईनमा राख्ने गरेका छन् । कोरोना भाइरसको महामारीबाट बच्न सबैले सक्दो सहयोग गर्नु पर्ने उनको भनाई छ । कालिकोटका अन्य स्थानिय तहहरू पनि यतिबेला आफ्नो पालिकाभित्र बसोबास गर्ने नागरिकहरूलाई कोरोनाबारे सचेत बनाउँदै लगेका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया