कोरोनाबाट स्पेनिस राजकुमारी मारियाको मृत्यु

एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ।

स्पेनको पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणबाट शनिबार निधन भएको । उनको निधनको पुष्टि भाइ हेनरीले गरेका छन्।

स्पेनिस सञ्चारमाध्यमहरुका अनुसार उनको कोरोना भाइरसकै कारण भएको हो। मारिया टेरेसामा आफ्ना सन्तान नभएकाले भाञ्‍जा भाञ्‍जीको सहारामा बसिरहेकी थिइन्। कोरोना भाइरसबाट स्पेनमा राजपरिवारका सदस्यको मृत्यु भएको यो पहिलो रहेको डेलीमेलले जनाएको छ।

कारोना भाइरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ। संक्रमतिको संख्या ७२ हजार नाघको छ। संक्रमतिहरुमध्ये १२ हजारजना उपचारपछि घर फर्किसकेका छन्।ब

प्रतिक्रिया