नेपालमा कारोनाबाट विरामीको संख्या पाँच पुग्यो

काठमाडौं । नेपालमा कारोना भाइरस संक्रमण विरामीको संख्या पाँच जना पुगेको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक २२ वर्षीया युवतीमा कोरोना भाइरस संक्रमणको आज पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या पाँच जना पुगेको छ । कोरोना संक्रमण भेटिएकी बागलुङकी युवती गत चैत ४ गते नै कतार एयरवेजकोबाट नेपाल आएको बताइएको छ ।

सोही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । बागलुङकी युवतीलाई सुरक्षितसँग काठमाडौं ल्याउने तयारी भएको  अस्पताल स्रोततले जनाएको छ ।

प्रतिक्रिया