खोजखबर

हात्तीको आक्रमणबाट दम्पती घाइते

सौर्य अनलाइन २०७६ चैत १३ गते १४:३३ मा प्रकाशित

सिन्धुली । सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । दुधौली नगरपालिका–१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्दाजी ५० वर्षीय देवु धामी र उनकी श्रीमती अन्दाजी ४१ वर्षीय फुलवती धामी घाइते भएका हुन् ।

उनीहरूलाई उपचारको लागि डकाहामा रहेको आमा मेमोरियल अस्पतालमा एम्बुलेन्समार्फत पठाइएको स्थानीयवासी तीर्थ बरालले जानकारी दिए । घरमै सुतेको अवस्थामा हात्तीले घर भत्काई उनीहरूलाई सुँढले तानेर फाल्दा घाइते भएका हुन् । देवुको टाउकोमा र फुलवतीको खुट्टामा चोट लागेको छ । यस्तै, हात्तीले घर पूर्णरूपमा क्षति गरेको उनले जानकारी दिए ।

विगतमा समूहमा आबद्ध भई हात्तीबाट जोगिन र हात्तीको गतिविधि नियाल्ने गरेको भए पनि यस वर्ष कति हात्ती आए भन्नेसमेत थाहा नभएको उनले बताए । कोरोनाको त्रासका कारण सबै घरमा बस्नुपर्ने र हात्तीको त्रास बढ्दा आफूहरू दोहोरो त्रासमा रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय